अलिपुरद्वार: मंगलबार अबेर राति आएको आँधीका कारण जटेश्वरका विभिन्न क्षेत्रहरू ध्वस्त भएका छन्। घर र बालीमा व्यापक क्षति पुगेको छ। मंगलबार राति आएको हावाहुरीले फलकाटा ब्लकको जटेश्वरका विभिन्न क्षेत्रमा धेरै घरमा क्षति पुगेको छ रुखहरू र बिजुलीका पोलहरु ढलेका छन्।

धेरै ठाउँमा बिजुलीका तार चुडिएका छन्। रुख कसैको छतमा, कतै बाटोमा ढलेको छ। विभिन्न सडकमा रुखका हाँगा र बिजुलीका तार छरिएका छन्। जसका कारण विभिन्न सडकमा सवारी आवागमन अवरुद्ध भएको छ। यद्यपी अहिलेसम्म कुनै ज्यानमाल क्षती भएको खबर आएको छैन। सबैभन्दा बढी क्षति मित्रपाडाको अलीनगरमा भएको बताइएको छ। विनाशकारी हावाहुरीले धेरै रुखहरू ढलेका छन् भने बालीनालीमा ठूलो क्षति पुगेको छ। बिजुलीको पोल भाँचिएको छ भने बिजुलीको जडान काटिएको छ। बारम्बार यस्तै प्रकृतिको प्रकोपको सामना गर्नुपरेको त्रसित गाउँका बासिन्दा बताउँछन्।
