मण्डी: हिमाचल प्रदेशको मण्डी लोकसभा सीटबाट विजयी बनेकी भाजपाकी उम्मेद्वार अभिनेत्री कंगना रनौतले मंगलबार भनिन्, ‘यो जितको श्रेय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जान्छ।‘ कंगनाले आफ्नो निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार विक्रमादित्य सिंहलाई ७४,७५५ मतको अन्तरले पराजित गर्दै मण्डी लोकसभा सीट जितिन्। कंगनाले विधानसभामा विपक्षी नेता जयराम ठाकुर, विधायक, भाजपा कार्यकर्ता र जनतालाई आफूलाई निर्वाचित गरेकोमा धन्यवाद दिँदै आफ्नो जितको श्रेय प्रधानमन्त्री मोदीलाई जान्छ भनिन्। कंगनाले भनिन् कि मानिसहरूले पारिवारिक विरासतको विरूद्ध र आम जनताको पक्षमा मतदान गरेका छन्। उनले मण्डीका जनताका लागि तनमनले काम गर्ने बताइन्। यसैबीच जयराम ठाकुरले कंगनाको विरुद्धमा टिप्पणी गर्नेलाई मण्डीका मतदाताले जवाफ दिएका छन्। जनताको आशीर्वादले मात्रै मोदी तेस्रो पटक प्रधानमन्त्री बन्न लागेको ठाकुरले मण्डी लोकसभा सिटमा पर्ने ९ वटै निर्वाचन क्षेत्रमा भाजपाले ठूलो मतान्तरले विजय हासिल गरेको बताए।
बलिउड अभिनेत्री कंगना रनौतले २०२४ को लोकसभा चुनावमा मण्डीबाट जित हासिल गरेपछि फ्यान र सेलिब्रेटीहरुले उनलाई बधाई दिइरहेका छन्। यसैबीच अभिनेत्रीकी सहकलाकार अंकिताले उनलाई बधाई दिँदै विशेष सन्देश सेयर गरेकी छिन्, जुन सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। उनलाई फ्यानहरुले बधाई दिइरहेका देखिन्छन्। अंकिताले आफ्नी आमासँग कंगना रनौतको एउटा सुन्दर तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छिन्, जसमा उनले क्याप्सनमा लेखेकी छिन्, ‘मेरी प्यारी बहिनीलाई यो शानदार जितको लागि हार्दिक बधाई। कंगना रनौत, तपाईं यसको योग्य हुनुहुन्छ र मलाई थाहा छ तपाईंले सकारात्मक परिवर्तन ल्याउनुहुनेछ। सधैं साथ दिन्छु।‘