बिराटनगर: सुनसरीको हरिनगर गाउँपालिका-७ घुस्कीमा एक बालिकाको हत्या भएको आशङ्का गरिएको छ। मई १८मा हरिनगर गाउँपालिका-७ घुस्कीका रामचन्द्र सरदारकी १५ वर्षीया छोरी लक्ष्मी कुमारी सरदारको शव झुण्डिएको अवस्थामा फेला परेको थियो। सो घटनामा पुलिसलाई जानकारी समेत नदिई स्थानीय जनप्रतिनिधि, अभिभाव र छिमेकीहरूले पोष्टमार्टम र पुलिसलाई जानकारी समेत नदिई दाहसंस्कार गरेकाले बालिकाको हत्या भएको आशङ्का गरिएको हो।