एकीकृत मालेका नेता योगेश भट्टराईको प्रतिक्रिया बालेनलाई

IMG-20240605-WA0016.jpg

बुढानिलकंठ(काठमांडू): काठमांडू महानगर पालिकाका मेयर बालेन शाहलाई योगेश भट्टराईको आग्रह : तपाईंको आमा पवित्र हुनुहुन्छ, आमाप्रति शंका नगर्नुस्।

‘त्यो मानिस मात्र देशभक्त हुन्छ, जसले आफ्नो इतिहासप्रति गर्व गर्छ, आफ्नो देशप्रति गर्व गर्छ’ इतिससको भत्र्सना गर्नेहरू देशभक्त हुन नसक्ने भन्दै उनले भने, ‘आज केपी ओली जेल बसेको कुरालाई तपाईं उडाउँदै हुनुहुन्छ। म भन्न चाहन्छु, यदि यस ढंगले भण्डाफोर गर्ने हो भने आफ्नै आमाको अस्तित्वप्रति चिथार्दै हुनुहुन्छ।’ ‘यी नेताहरूले लडेर ल्याएको लोकतन्त्र हो। यिनै नेताहरूलाई बद्‌नाम गर्दै हुनुहुन्छ। यो आफ्नै आमाको अस्मितामाथि प्रश्न उठाए जस्तै हो। बालेनजीलाई भन्न चाहन्छु, तपाईंको आमा पवित्र हुनुहुन्छ, तपाईंको आमाप्रति शंका नगर्नुस्। तपाईंका गतिविधिले आफ्नै आमाको अस्मितामाथि बारम्बार प्रश्न गर्दै हुनुहुन्छ भने यो समाजलाई तपाईं कता लैजाँदै हुनुहुन्छ।’

‘काठमाडौं महानगरपालिका र सडक विभागका बीचमा केही मतभेदहरू उत्पन्न भए। त्यसको दोष पनि एमालेले बोक्नुपर्ने, एमालेका अध्यक्षले बोक्नुपर्ने, म काठमाडौं महानगरपालिकाका प्रमुखमा बालेन शाह निर्वाचित भएर आएपछि हाम्रो पार्टी अध्यक्षले तबला उपहार दिनुभएको थियो,’ उनले भने, ‘किन ड्रम नदिएर तबला दिनुभयो। ड्रम त उहाँले बजाएरै आउनुभएको थियो। सोची विचार गरिकन तबला उपहार दिनुभयो। त्यसको अर्थ हो अब तपाईं तबलाको धुनमा काम गर्नुहोस्। तबलाको अर्थ हो– करुणा, प्रेम, सद्भाव, संयम हो।’

About Author

Advertisement