गान्तोक: विधानसभा र लोकसभा चुनाउमा पार्टीको हारक नैतिक जिम्मेवारी लिँदै सिटिजन एक्शन पार्टी, सिक्किमका अध्यक्ष भरत बस्नेतले पदबाट राजीनामा दिएका छन्। आज अपराह्न राजधानीमा एउटा पत्रकार सम्मेलन गरेर उनले राजीनामा दिएका हुन्। भर्खरै सम्पन्न ११औं विधानसभा र १८औं लोकसभा चुनाउमा सिटिजन एक्शन पार्टीको हारको निम्ति नैतिक जिम्मेवारी लिँदै अध्यक्षको पदबाट राजीनामा दिइरहेको छु, उनले भने। उल्लेखनीय छ, केवल एक वर्ष केही महिना पुरानो सिटिजन एक्शन पार्टी, सिक्किमले यसपल्टो राज्य विधानसभा चुनाउमा ३२ मध्ये ३० वटा आसन र एकमात्र लोकसभा आसनमा उम्मेद्वारिता दिएको थियो। लोकसभा चुनाउमा अध्यक्ष बस्नेत स्वंय चुनाउ लड़ेका थिए।










