अमेठी लोकसभा क्षेत्रबाट भाजपाकी स्मृति ईरानी पराजित

photocollage_2024642164680.jpg

कांग्रेसका किशोरी लाल शर्मा विजयी

अमेठी: उत्तर प्रदेशको अमेठी लोकसभा निर्वाचन क्षेत्रबाट कांग्रेस उम्मेदवार किशोरी लाल शर्मा चुनाउ जितेका छन्। शर्माले आफ्नो निकटतम प्रतिद्वन्दी भाजपाकी स्मृति ईरानीलाई १,६७,१९६ मतको अन्तरले हराए। चुनाउ आयोग अनुसार, कांग्रेस प्रत्याशी किशोरी लाल शर्माले ५,३९,२२८ र भाजपाकी स्मृति ईरानीले ३,७२,०३२ मत पाएका छन्। बहुजन समाज पार्टीका नन्हे सिंह चौहानले ३४,५३४ मत पाएर तेस्रो स्थानमा रहेका छन्।

About Author

Advertisement