मतगणनाको दिन सुनसान खरसाङ

IMG-20240604-WA0251.jpg

खरसाङ क्षेत्रबाट पनि राजु विष्टले पाए अधिक मत

खरसाङ: आज लोकसभा चुनावको मतगणना दार्जिलिङ, कालेबुङ र सिलगढीमा थियो। तर यता खरसाङ भने सुनसान देखियो। मतगणनाको दिन खरसाङ शहर निक्कै सुनसान देखियो। सदैव ट्राफिक जाम र गाडीहरूका बाक्लो जाम देखिने खरसाङ आज सुनसान नै देखियो। अन्य चुनावहरूमा जस्तो खरसाङमा चुनाव परिणामको माहोल देखिएन। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कार्यकर्ताहरू बिहानको समय खरसाङ महकुमाको पार्टी कार्यालयमा भेला भएका थिए। तर चुनावको रुझान आउँदै गएपछि अनि भाजपा प्रार्थी राजु विष्ट जीततर्फ अग्रसर भएपछि विस्तारै खरसाङ सुनसान बन्दै गएको देखियो। यसको साथै खरसाङ क्षेत्रका भारतीय जनता पार्टी र यसको सहयोगी दलहरूमा पनि बिजयको उत्साहपूर्वक माहोल देखिएन।

खरसाङमा जीटीए चिफ् अनित थापाको मुख्य गढ मानिए पनि लोकसभा चुनावमा भाजपाको राजु विष्टले खरसाङबाट मात्रै ९३,४१९ भोट पाएका छन् भने तृणमूल कंग्रेसको प्रार्थी गोपालले ५५,०६८ भोट पाएका छन्। त्यसरी नै खरसाङकै विधायक रहेका बीपी बजगाईले पनि खरसाङबाट केवल १,०५७ भोट मात्रै पाएका छन्। त्यस्तै प्रकारले खरसाङकी छोरी बन्दना राईले पनि खरसाङबाट केवल ३,८६७ भोट पाएका छन्। यसको अतिरिक्त नोटामा २,३९२ भोट खसेको छ।

त्यसैले सदैव भीड़भाड़ रहने खरसाङ शहर आज मतगणनाको दिन सुनसान देखिएको छ। गाड़ीहरू पनि खुल्ला रूपमा कुदिरहेको देखियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement