१० अगस्तः कालेबुङ स्पोर्टस एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित इण्डिपेण्डेन्स डे शील्ड फूटबल टुर्नामेण्टमा बुधवार खेलिएको क्वार्टर फाइनलमा एकतर्फी जीतको साथ नेपाल स्टार इलेभेनले सेमिफाइनलमा स्थान बनायो। मेला ग्राउण्डमा आज भएको नेपाल स्टार इलेभेनले सिलगढ़ी युनाइटेड एफसी-लाई ५-०-ले पराजित गऱ्यो। नेपाल स्टार इलेभेनले अब १२ अगस्तको दिन खेलिने सेमिफाइनलमा कालेबुङको शेयर एफसी-को चुनौती स्वीकार्नेछ।









