कोरोनापछि चीनमा नयाँ भाइरस जूनोटिक लैङ्ग्या

01-IMG_20220810_194817

बेजिङ: चीनमा कोरोनापछि एक नयाँ भाइरस जूनोटिक लैङ्ग्या भेटिएको ताइवानको दाबीको पुष्टि अब चीनको तर्फबाट पनि गरिएको छ। चिनियाँ विशेषज्ञहरूले यस सम्बन्धमा गरिएको शोधपछि चीनका दुई प्रान्तमा यस नयाँ भाइरसले संक्रमित ३५ रोगी भेटिएको बताएका छन्। ताइवानको सेन्टर फर डिजीज कन्ट्रोल (सीडीसी) ले चीनमा जूनोटिक लैङ्ग्या भाइरस भेटिएको भनेको थियो। सीडीसीको दाबी थियो, यो भाइरस जनावरदेखि मानिसमा फैलिरहेछ। यस भाइरसको पहिचान र प्रसारको निगरानीको निम्ति न्यूक्लिक एसिड परीक्षण विधिको उपयोग गरिने भनिएको थियो। अब चीन र सिङ्गापुरका वैज्ञानिकहरूको तर्फबाट न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित शोधमा पनि यस भाइरसको प्रसारबारे भनिएको थियो।

शोध अनुसार, पूर्वी चीनको शेडोङ प्रान्त र मध्य चीनको हेनान प्रान्तमा यस भाइरसको संक्रमण पाइयो। यो भाइरसले अहिलेसम्म दुई प्रान्तमा ३५ जनालाई संक्रमित गरिसकेको छ। हालका दिनमा जनावरहरूको सम्पर्कको इतिहासको साथ पूर्वी चीनमा ज्वरोका रोगीहरूको गलाको स्वाबको नमूनामा नयाँ प्रकारको यो भाइरस भेटिएको थियो। विशेषज्ञहरू अनुसार, यो नयाँ भाइरस जनावरहरूबाट आएको हुनसक्छ। यद्यपि, यो केही ज्वरोको मामिलाहरूसित पनि जुड़ेको छ। यस भाइरसले संक्रमित भएमा मानिसहरूमा ज्वरो, थकावट, खोकी र नाउजिया जस्तो लक्षण देखिन्छ। शेडोङ र हेनान प्रान्तमा लैङ्ग्या भाइरस संक्रमणको ३५ मध्ये २६ मामिलामा ज्वरो, खोकी, नाउजिया, टाउको दुःख्नु र वान्ता जस्तो लक्षण भेटिएको छ।

About Author

Advertisement