सेमिफाइनलमा पुग्न सफल परिमलनगर एससी

IMG_20220810_192947.jpg

१० अगस्तः सालुगढ़ा नेत्र बिन्दु संघ (एसएनबीएस)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा बुधवार टाईब्रेकरमा रोमाञ्चक जीतको साथ परिमलनगर स्पोर्टिंग क्लबले सेमिफाइनलमा स्थान बनायो । स्थानीय जोयधर रोय प्राथमिक पाठशाला मैदानमा खेलिएको टुर्नामेण्टको चौथो क्वार्टर फाइनल म्याचमा परिमलनगर एससीले तरुण संघलाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। अब बिहीवार खेलिने पहिलो सेमिफाइनल म्याचमा ब्राइट स्पोर्टिंग क्लब र मनजीत फूटबल एकाडमीबीच भिड़न्त हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *