१०५औं हर्ली मेमोरियल कपः युनाइटेड एफसी दार्जीलिङ सेमिफाइनलमा

IMG_20220810_192530.jpg

१० अगस्तः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित प्रतिष्ठित हर्ली मेमोरियल कप फूटबल टुर्नामेण्टको १०५औं संस्करणमा बुधवार रोमाञ्चक जीतको साथ युनाइटेड एफसी दार्जीलिङले सेमिफाइनलमा स्थान बनायो। लेबोंग स्थित गोर्खा स्टेडियममा आज भएको क्वार्टर फाइनल म्याचमा युनाइटेड एफसी दार्जीलिङले सिनाल्चु नाम्चीलाई ४-३-ले पराजित गऱ्यो। विजेता टीमबाट सिद्धान्त छेत्रीले २ गोल गरे। यसरी नै गणेश लिम्बु र बिजु भुजेलले १-१ गोल गरे। सिनाल्चु नाम्चीबाट याकुब विश्वकर्मा र सजीन थापाले १-१ गोल गरे। अब बिहीवार खेलिने क्वार्टर फाइनलमा कालेबुङको शेयर एफसी र सेण्ट जोसेफ्स कलेजबीच भिड़न्त हुनेछ।

About Author

Advertisement