दार्जीलिङ: यूपीएससी, डब्लूबीसीएस आदि जस्ता कोचिङ क्लासको लागि एडवाडर्स फाउण्डेशनले नि:शुल्क फरम जारी गरेको छ। गत तीन वर्ष अघिदेखि एडवाडर्स फाउण्डेशनले यूपीएससी, डब्लूहीसीएस आदि जस्ता परीक्षाहरूको लागि निःशुल्क तालिम दिन्दै आईरहेका छन्। यस वर्ष पनि एडवाडर्स फाउण्डेशनले निःशुल्क तालिम दिन तय गरेका छन् जसको निम्ति एडवाडर्स फाउण्डेशनले नि:शुल्क फारम वितरण गर्ने कार्य आजदेखि शुरू गरेको एडवाडर्स फाउण्डेशन प्रमुख अजय एडवाडर्सले जनाएका छन्। एडवाडर्स फाउण्डेशनले गत तीन वर्ष अघिदेखि युपीएससी, डब्लूबीसीएस आदि जस्ता परीक्षाहरूको निम्ति तालिम दिन्दै आईरहेका छन्। एक वर्षको तालिम अवधिमा परीक्षार्थीहरूलाई चाहिने सर सामग्री एंव किताबहरूको ब्यवस्थासँगसँगै तालिम दिने कार्यहरू पनि गर्दै आईरहेको छ।गत वर्ष भर्ना भएका परीक्षार्थीहरूले एक वर्षको कोचिङ क्लास पूरा गरेर अहिले उनीहरू युपीएससी, डुब्लूबीसीएस आदि जस्ता परीक्षाको पनि गईसकेको फाउण्डेशन प्रमुख एडवाडर्सले बताएका छन्। यस वर्ष पनि एडवाडर्स फाउण्डेशनले युपीएससी, डब्लूबीसीएस जस्ता परीक्षाको निम्ति नि:शुल्क कोचिङ क्लासको फारम वितरण भईसकेको एडवाडर्सले बताए।फारमको वितरण आगामी २५ जूनसम्म जारी रहनेछ र त्यसपछि जुलाई महिनामा कोचिङ क्लासको निम्ति परीक्षा गरिनेछ। त्यस परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरूलाई एक वर्षको नि:शुल्क कोचिङ साथ साथै जरूरी सर सामाग्री अनि किताबहरूको व्यवस्था गरिन्दै आईरहेका छन्।

एडवाडर्स फाउण्डेशनले यसरी नि:शुल्क तालिम दिनुको मुख्य कारण दार्जीलिङ पहाड तराई डुवर्स आदि क्षेत्रहरूबाट पनि धेरै मात्रमा आईएस, आईपीएस साथै डब्लूबीसीएस अधिकारीहरू बन्न सकोस भन्ने हो भनी फाउण्डेशन प्रमुख अजय एडवाडर्सले बताएका छन्। गत वर्ष युपीएससी परीक्षामा उत्तीर्ण भएका जयश्री प्रधान, गौतम ठकुरी, अजय मोक्तानलाई एडवाडर्स फाउण्डेशन प्रमुख अजय एडवाडर्सले बधाई दिएका छन्। उनीहरूले दार्जीलिङ पहाडको नाम उच्च राख्नको साथ साथै पहाड तराई डुवर्सको युवा युवतीहरूलाई प्रेरणा पनि दिएका छन् भन्ने फाउण्डेशन प्रमुख एडवाडर्सले बताएका छन्।यस अवधि एडवाडर्स फाउण्डेशनको रोशन लामा पनि साथमा उपस्थित रहेका थिए।