इजरायलद्वारा आफ्ना नागरिकहरूलाई माल्दिभ्सको सट्टा भारतको समुद्री तटहरूमा जान आग्रह

Lakshadweep

तेल अवीव: इजरायलले माल्दिभ्सलाई खरो जवाफ दिएको छ। मालदिभ्स सरकारले हिन्द महासागर द्वीपसमूहमा इजरायलीहरूलाई प्रतिबन्धको घोषणा गरेपछि, सोमबार भारतस्थित इजरायली दूतावासले आफ्ना नागरिकहरूलाई माल्दिभ्स भ्रमणको सट्टा भारतको समुद्री तटहरूमा जान आग्रह गरेको छ। माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले ‘इजरायली पासपोर्ट भएका मानिसहरूलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाउने वाचा गरेका छन्’। तर, कहिलेदेखि लागू हुन्छ भन्ने सरकारले भने केही बताएको छैन। ‘माल्दिभ्सले अब इजरायलीहरूलाई स्वागत नगरेकोले, त्यहाँ केही सुन्दर र अचम्मका भारतीय समुद्र तटहरू छन् जहाँ इजरायली पर्यटकहरूलाई न्यानो स्वागत मात्र गर्दैन तर अत्यन्तै आतिथ्य पनि गरिन्छ’, इजरायली दूतावासले एक पोस्टमा भन्यो, ‘हाम्रा कूटनीतिज्ञहरूले भ्रमण गरेका ठाउँहरूमा आधारित यी सुझावहरू (भारतमा इजरायली दूतावासबाट) विचार गर्नुहोस्।‘

पोष्टमा लक्षद्वीप, अण्डमान र निकोबार टापुहरू, गोवा र केरलाका समुद्र तटहरू छन्। इजरायली कन्सुल कोबी शोशानीले पनि जनवरीमा प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटलाई पुन: पोस्ट गरे, जसमा प्रधानमन्त्री लक्षद्वीपको प्राकृतिक सौन्दर्यको प्रशंसा गरिरहेको देखिन्छ। जनवरीमा प्रधानमन्त्री मोदीले सेयर गरेको फोटो र पोस्ट साझा गर्दै शोशानीले ट्वीटमा भने, ‘माल्दिभ्स सरकारको निर्णयलाई धन्यवाद, इजरायलीहरूले अब लक्षद्वीपको सुन्दर समुद्र तटहरू अन्वेषण गर्न सक्छन्।‘ माल्दिभ्सका तीन जना मन्त्रीले भारतीय प्रधानमन्त्री मोदीको लक्षद्वीप भ्रमणका क्रममा शेयर गरिएका तस्वीरहरूमा टिप्पणी गर्दा भारत र प्रधानमन्त्री मोदीको बारेमा अपमानजनक अभिव्यक्ति दिएपछि लक्षद्वीप बहसको केन्द्रबिन्दु बनेको थियो। त्यसपछि भारतको बारेमा जेनोफोबिक, जातीय र घृणित पोस्टहरू हुन थाले।

इजरायलको विदेश मन्त्रालयले पनि आफ्ना नागरिकहरूलाई माल्दिभ्सको यात्रा नगर्न आग्रह गरेको छ। यसमा भनिएको छ, ‘माल्दिभ्स सरकारको इजरायली राहदानी भएका नागरिकहरूलाई प्रवेशमा प्रतिबन्ध लगाउने निर्णयलाई ध्यानमा राख्दै, विदेश मन्त्रालयले इजरायली नागरिकहरूलाई माल्दिभ्सको कुनै पनि यात्रा नगर्न सिफारिस गर्दछ।‘ गत वर्ष, करिब ११ हजार इजरायलीहरूले माल्दिभ्सको भ्रमण गरेका थिए, जुन कुल पर्यटक आगमनको ०.६ प्रतिशत हो। तर, यस वर्षको पहिलो चार महिनामा इजरायली भ्रमण गत वर्षको सोही अवधिको तुलनामा ८८ प्रतिशतले घटेर ५२८ पुगेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement