तीन नयाँ सुस्वास्थ्य केन्द्रको उद्घाटन

IMG_20220810_185830.jpg

सिलगढ़ी: सिलगढ़ीमा अाज सिलगढ़ी नगर निगमका मेयर गौतम देवले तीन नयाँ सुस्वास्थ्य केन्द्रको उद्घाटन गरेका छन्।

यस अवसरमा मेयर गौतम देवले भने, ‘राज्य सरकारबाट अगावै नौ सुस्वास्थ्य केन्द्र खोल्ने अनुमति प्राप्त भईसकेको छ। पहिले दुई सुस्वास्थ्य केन्द्र खोलिएको थियो। आज सिलगढ़ी नगर निगमको १, ३३ र ४६ नम्बर वार्डमा तीन सुस्वास्थ्य केन्द्रहरूको उद्घाटन गरिएको छ। छिट्टै नै अाजै चार केन्द्रको पनि उद्घाटन गरिनेछ। यस बाहेक यी केन्द्रहरूमा छिट्टै नै डाक्टर र स्वास्थ्य कर्मीहरूको नियुक्ति पनि गरिनेछ’।

About Author

Advertisement