बिजनबारीको रोड मरम्मतिको कार्य शुरु

IMG-20220810-WA0162.jpg

बिजनबारी: बिजनबारी रोडको अवस्था एकदमै जीर्ण र जोखिमपूर्ण भएको कारण दार्जीलिङ पुलबजार खण्ड स्तरीय मालिक चालक महासंघद्वारा दुई दिने सांकेतिक वाहन चलाचल अवरोधपछि आजदेखि पुन: यस रोडमा गाड़ीहरू गुड़न थाल्यो। हिज यसै विषयमा महासंघका एक जरूरी सभा बसिएको थियो।

उक्त सभामा आगामी २० अगस्तसम्म उक्त बाटोको खाल्डा खुल्डीहरू मरमत्ति नगरिए आगामी २१ अगस्तदेखि अनिश्चित कालीन वाहन चलाचल बन्द रहने घोषणाको लगत्तैपछि खाल्डा खुल्डीहरू भर्ने र मरमत्ति गर्ने कार्य चलिरहेको ठेकेदार फुर्बा घिसिङले जनाएको छ। उनले केही दिनमा नै उक्त कार्य पूरा गर्ने वचन दिएका छन्। अहिले बर्खाझरीमा अलकत्राको काम बन्द भएता पनि आगामी सेप्टेम्बरदेखि उक्त कार्य शुरू गरिने थप जानकारी पनि दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *