अनुब्रत मण्डलको बेड रेस्ट  

Anubrata-Mandal-1

कोलकाता: पश्चिम बङ्गालमा कोइला र गौ तस्करी मामिलामा फंसेका अणुव्रत मण्डललाई अस्वस्थ बताउने डाक्टरले दबावमा आएर बेड रेस्ट प्रिसक्रिप्शन लेखेको भन्ने आरोप उठेको छ। डाक्टरका अनुसार एसएसकेएम अस्पतालको सुपरले यसो गर्नका लागि उनीमाथि दबाव बनाएका थिए। तृणमूल नेता अणुव्रत मण्डललाई बेड रेस्ट प्रिस्क्रिप्शन लेख्ने डाक्टर चन्द्रनाथ अधिकारीले बुधबार जानकारी गराएअनुसार एसएसकेएम अस्पतालका सुपरको भनाईमा उनले सेतो कागजमा बेड रेस्टको प्रिस्क्रिप्शन लेखेका थिए।

उल्लेख्य, सीबीआई टीमले सोमबार अणुव्रत मण्डललाई बोलाएको थियो तर अणुव्रत आफू अस्वस्थ रहेको र डाक्टरको प्रिस्क्रिप्शनको आधारमा घर गएका थिए र डाक्टरले उनलाई १४ दिनको रेस्ट बताएको छ भनेका थिए। यसबीच सीबीआईले उनलाई बुधबार पनि बोलायो तर अहिले उनी पुगेका छैनन् र आफू अस्वस्थ रहेको दाबी गरिरहेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *