खरसाङको कैलापानी जाने सड़कको वेहाल अवस्थाले स्थानीयहरू असुविधामा

IMG-20220810-WA0159.jpg

खरसाङ: खरसाङ खण्डको मकैबारी चिया बगान अन्तर्गत कैलापानी गाउँ जाने सड़कको अवस्था बेहाल भएकोले स्थानीय मानिसहरुलाई धेरै असुविधा भइरहेको छ। गत २०१४-१५ मा आरआईडीएफ योजना मार्फत निर्माण भएको उक्त सड़कले आजसम्म मर्मति देखेको छैन। सड़कको अवस्था यस्तो बेहाल भएपछि स्थानीय विद्यार्थीवर्गहरूलाई स्कूल जान, बिरामीहरूलाई अस्पताल लैजान तथा आम मानिसहरूलाई यात्रा गर्न निक्कै असुविधा भइरहेछ। अहिले यो सड़क भएर गाड़ीहरू गाउँतिर जाँदैनन्। सड़कमा बिछ्याइएका अलकत्राहरू सबै उप्किसकेको छ भने कतै पैह्रो आएर सड़कलाई नै पुरीसकेको छ। यस सड़कले केवल कैलापानी गाउँ मात्र नभएर यस गाउँसँग संलग्न कोदोबारी, फुलबारी, चेप्टे आदि गाउँहरूलाई पनि जोड़ने गर्दछ। त्यसर्थ स्थानीय मानिसहरूले सम्बन्धित विभागको ध्यान आर्कषण गराउँदै अतिशीघ्र सड़कको मर्मति गरिदिने आग्रह गरेका छन्।

About Author

Advertisement