पाकिम: पाकिम डाक कार्यालयबाट सेवा मतदाताहरूका थप आठवटा पोस्टल ब्यालट प्राप्त भएको छ। यसका साथै पाकिम जिल्लाको निम्ति पोस्टल ब्यालटको संख्या ३५४ पुगेको छ। सबै पोस्टल ब्यालेटहरू पाकिम डाक कार्यालयका अधिकारीहरूद्वारा महकुमा अधिकारी महेन्द्र छेत्रीलाई प्रदान गरियो।
यस अवसरमा काउन्टिङ अब्जर्बरहरू मुस्ताक अहमद र पुनम कुमारी, जिल्ला चुनाउ अधिकारी टाशी छोपेल, एडीसी अनुपा तामलिङ, एसडीएम सन्देश सुब्बा तथा विभिन्न राजनीतिक दलका चुनाउ एजेन्टहरू पनि उपस्थित थिए।
यसपछि, प्राप्त पोस्टल ब्यालेटहरू भारतको निर्वाचन आयोगका नियम अनुसार निर्वाचन क्षेत्र अनुसार छुट्याइयो। छुट्याइएका सबै पोस्टल ब्यालेटहरू सील गरेर स्ट्रङ रूममा बन्द गरिएको छ। सम्पूर्ण प्रक्रियाको नियम अनुसार भिडियो गरिएको थियो।