जिल्लापाल तुषार निखारले डाके माइक्रो अव्जर्भरहरूको बैठक

n61375778217172609717632b47aa4591de58698d37557f5a41c2715280e55b8e24cf9d0bfed7860bbc5313.jpg

गान्तोक: गान्तोक जिल्लाका जिल्ला अधिकारी तुषार निखारले आज माइक्रो अबजर्भरहरूलाई लिएर बुर्तुकको एससीइआरटी प्रेक्षागृहमा एक सभा आयोजना गरे। यस अवसरमा खाम्दोङ सिङताम र अप्पर बुर्तुक निर्वाचन क्षेत्रको निम्ति काउन्टिङ अबजर्भर उमाकान्त उमाराव, तुमिन लिङ्गी र स्यारी निर्वाचन क्षेत्रको निम्ति काउन्टिङ अबजर्भर पुष्पराज सिंह, मार्तम रुम्तेक लगायत अन्य क्षेत्रहरूको निम्ति काउन्टिङ अबजर्भरहरूले मतगणना केन्द्रको निरीक्षण गरे। कार्यक्रमलाई सम्बोधन गर्दै काउन्टिङ अबजर्भर उमा कान्त उमारावले पहिलो चरणको मतगणना सावधानीपूर्वक गरिनु पर्ने सुझाउ दिए। उनले भारतको चुनाउ आयोगले दिएको समय अनुसार मतगणना प्रक्रिया सम्पन्न गराउनु पर्ने विषयमा जोड दिए। मतगणना अधिकारीहरूले मतगणना प्रक्रियालाई निष्पक्षरूपमा सम्पन्न गराउने आशा व्यक्त गरे।

सोही क्रममा गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारलेले मतगणनाबारे विस्तृतरूपमा जानकारी गराए। सोही प्रकारले महकुमा अधिकारी (मुख्यालय)जीएल मिनाले पावर पोइन्ट प्रेजेन्टेनसनको माध्यमद्वारा मतगणना प्रक्रिया, गणना तालिका लेआउट र राउन्डवाइज गणना ढाँचा जस्ता मुद्दाहरू समावेश थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement