कराची: पाकिस्तानका पूर्व खेलाड़ीहरूलाई अमेरिका र वेष्ट इण्डिजको संयुक्त आयोजनमा शनिवारदेखि शुरु भइरहेको टी२० क्रिकेट वर्ल्ड कपमा आफ्नो टीमबाट असल प्रदर्शनको आशा रहेको छैन। पाकिस्तानले हालै आयरल्याण्डमा एउटा म्याच गुमायो अनि ईंग्ल्याण्डमा पनि ०-२-ले सीरीज गुमायो। यसअघि दोस्रो दर्जाको टीम लिएर टी२० सीरीज खेल्न आउने न्यूजील्याण्डले पनि पाकिस्तानलाई उनीहरूकै माटोमा २-२-को बराबरीमा रोक्यो। पूर्व कप्तान राशिद लतीफको भनाइअनुसार, अहिलेसम्म सटीक टीम संयोजन बनाउन नसक्नु नै पाकिस्तानको सबैभन्दा ठूलो समस्या बनेको छ। उनले भने, टी२० वर्ल्ड कपको नजिक पनि टीम भताभुंगै देखिएको छ। पाकिस्तानले आफ्नो ब्याटिंगमा बद्लाउको साथ स्पिनहरूलाई अधिक उपयोग गर्नु पर्नेछ। खेलाड़ीहरू पनि टीमको आवश्यकता अनुसार आफ्नो भूमिकामा बद्लाउ गर्न तयार रहनु पर्नेछ।
यसरी दिग्गज जावेद मियांदाद चाहिँ अप्रत्याशित परिणामको आशा गरिरहेका छन्। उनले भने, टीमको प्रदर्शन हाम्रो सोचको ठीक विपरीत रहेको छ। यस टीमले टी२० वर्ल्ड कपमा सदा असल प्रदर्शन गरेको छ तर उनीहरूले केही क्षेत्रहरूमा द्रुत सुधार गर्नु पर्नेछ। यो २० वटा टीमको टुर्नामेण्ट हो अनि कुनै पनि टीमलाई हल्कामा लिन सकिँदैन। यसबीच पाकिस्तानका प्रशंसकहरू आजम खानको चयनसँग खुशी छैनन्, जसले ओवलमा दुईवटा क्याच छोड़्नको साथै ब्याटको साथ खाता पनि खोलेनन्। विकेटकीपर-ब्याटरको रूपमा आफ्नो पिता मोईन खानको पदचिन्ह पहिल्याउने आजम खानलाई सोशल मीडियामा निक्कै ट्रोल गरिएको छ। आजमको साथमा अलराउण्डर शादाब खान र तल्लो क्रमका ब्याटर इफ्तिखार अहमद पनि रनको निम्ति संघर्ष गरिरहेका छन्। यसबाहेक नसीम शाह र मोहम्मद आमिर जस्ता पेस बलरहरूले प्रशस्त रन खर्च गरिरहेका छन्। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-का अधिकारीहरूलाई चाहिँ टीम वर्ल्ड कपको सेमिफाइनलमा पुग्न नसके च्याम्पियन्स ट्रफीको तयारीहरूमाथि खराब असर पर्ने अलग चिन्ता रहेको छ। एकजना अधिकारीले भने, टीमले असल प्रदर्शन गर्न नसके पाकिस्तान क्रिकेटमा निवेश गर्ने प्रायोजकहरू र प्रसारकहरूका संख्यामाथि उल्टा प्रभाव पर्नेछ। यसरी पूर्व क्रिकेटर बासित अलीले भने, मेरो विचारमा कप्तान बाबरले तेस्रो नम्बरमा ब्याटिंग गर्नु पर्नेछ। ईनिंग्सको शुरुवात मोहम्मद रिजवानसँग सईम (अयूब) या फखर (जमां)-ले गर्नु पर्नेछ। त्यसै त मलाई यस टीमबाट अधिक आशा रहेको छैन।