दिल्ली सीनियर डीविजन लीगमा उत्तर बंगालका खेलाड़ीहरूको जयजयकार

IMG-20240601-WA0111.jpg

नयाँ दिल्ली: दिल्ली सीनियर डीविजन फूटबल लीगको यस सीजनमा उत्तर बंगालका खेलाड़ीहरूको जयजयकार रह्यो। त्यस प्रतिष्ठित लीगमा पहाड़ र समतलका एकाधिक खेलाड़ीहरूले प्रभावशाली प्रदर्शन गरे, जसमा प्रतीक लामा, गणेश लिम्बु, आशिष छेत्री, राज थापा मगर, अनिवेश छेत्री, बिक्की थापा, सोनम शेर्पा, आकाश प्रधान र अनिरुप सुब्बा सामेल छन्। यसमा अनिवेश छेत्री र बिक्की थापाको टीम हिन्दुस्तान एफसी लीग च्याम्पियन बन्यो। यसरी प्रतीक, गणेश र आशिषको टीम नेशनल युनाइटेड एफसी चाहिँ लीगमा दोस्रो स्थानमा रह्यो। लीगमा राज थापा मगरले सिटी एफसी, अनिरुप सुब्बा र सोनम शेर्पाले भारत एफसी र आकाश प्रधानले शास्त्री एफसी-को जर्सी लगाएर खेलेका थिए। यी सबै खेलाड़ीहरूले उत्तर बंगालमा आफ्नो छाप छोड़िसकेका छन् अनि अहिले राष्ट्रिय स्तरमा पनि उत्कृष्ट प्रदर्शन गरेर सबैको मन जितेका छन्। दिल्ली सीनियर डीविजन लीगमा जम्मा ११ वटा टीमले हिस्सा लिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement