गान्तोक: गत १५ देखि १९ मईसम्म देशकै सर्ववृहत कौशल प्रतियोगिता इण्डिया स्किल कम्पिटिशन २०२४मा काँस्य र रजत पदक जितेर सिक्किम राज्यलाई नै गौरान्वित पार्ने दुई विद्यार्थी राधिका छेत्री र कृष्ण कुमारी मुखियलाई आज यहाँ एउटा कार्यक्रमबीच मेधावी स्किल्स यूनिभर्सिटी, सिक्किमले अभिनन्दन जनायो। प्रत्येक दुई वर्षमा आयोजना हुने प्रतिष्ठित प्रतियोगिता इण्डिया स्किल कम्पिटिशनमा सिक्किम राज्यबाट पहिलोपल्ट सहभागिता जनाउँदै मेधावी स्किल्स यूनिभर्सिटीका एमर्जेन्सी मिडिकल टेक्नलोजी र रेडियोलोजीमा डिप्लोमा दोस्रो वर्षका छात्राद्वय राधिकार कृष्णले पहिलोपल्ट नै पदक जितेकी हुन्।
आजको अभिन्नदन कार्यक्रममा सिक्किम पुलिस विभागका स्पेश्यल डीजीपी (ल एण्ड अर्डर) अक्षय सचदेवा मुख्य अतिथि रहेका थिए भने सिक्किम सरकारको स्वास्थ्य विभागकी प्रधान निर्देशक डा. पेमा सेडेन लेप्चा विशिष्ट अतिथि रहेकी थिइन्। कार्यक्रममा स्वागत सम्बोधन राख्दै मेधावी स्किल्स यूनिभर्सिटीका सह संस्थापक तथा प्रो चान्सलर कुल्दीप शर्माले इण्डिया स्किल कम्पिटिशनको बारेमा जानकारी गराए। यसको साथै मेधावी स्किल यूनिभर्सिटीका दुई छात्राले कसरी पहिलोपल्ट सिक्किम राज्यलाई यस प्रतिष्ठित प्रतियोगितामा प्रतिनिधित्व गर्दै राज्यको निम्ति पदक जितिन र यो सिक्किम राज्यको निम्ति कतिको महत्वपूर्ण कुरा हो भन्ने बारेमा पनि बताए।
यसरी नै कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि स्पेश्यल डीजीपी अक्ष्य सचदेवाले कौशल विकास सम्बन्धित शिक्षाको महत्व बारे बताए। प्रत्येक व्यक्तिको आ-आफ्नो विशेषता हुन्छ भन्दै एकाअर्काको देखासिखी नगरेर आफ्नो इच्छा र रुचीको विषयलाई लिएर अघि बड़्ने उनले विद्यार्थीहरूलाई सुझाउ दिए। यसको साथै उनले यस चरम प्रतिस्पर्धाको यूगमा विद्यार्थीहरूलाई कौशल सम्बन्धित व्यवहारिक शिक्षा प्रदान गरिरहेको मेधावी स्किल्स यूनिभर्सिटीको पनि उनले मुग्धकण्ठले प्रशंसा गरे।
आजको कार्यक्रममा पदक विजेता विद्यार्थीहरूलाई अभिन्नदनसँगै “नयाँ युगको शिक्षा” विषयमा चर्चाको कार्यक्रम (पेनल डिस्कशन) पनि आयोजना गरिएको थियो। चर्चामा स्पेश्यल डीडीपी अक्ष्य सचदेवा, स्किल यूनिभर्सिटीका सह सस्थाप तथा प्रो चान्सलर कुलदीप शर्मा, मेडिकल एजुकेशनका प्रधान निर्देशक डा. पेमा सेडेन लेप्चा, वरिष्ट पत्रकार पेमा वाङ्गचुक अनि अन्यले सहभागिता जनाएका थिए।
कार्यक्रममा मेधावी स्किल्स यूनिभर्सिटीका विद्यार्थीहरूले साङ्गीतिक प्रस्तुतीको साथैमा नाटक पनि मञ्चन गरेका थिए।