टिस्टा ब्रीज हायर सेकेन्डरी  स्कूलमा रक्तदान शिविर सम्पन्न

Blood-Donation-1

टिस्टा: आज (३१ मई)  गोर्खा च्यारिटेबल हस्पिटलका र हिमालयन वेल्फेयर अर्गनाइजेसनको संयुक्त पहल अनि टिस्टा ब्रीज हायर सेकेन्डरी स्कूलको आयोजनामा रक्तदान शिविर सम्पन्न भयो। यसबारेमा गोर्खा च्यारिटेबल हस्पिटलका महासचिव तथा हिमालयन वेल्फेयर अर्गनाइजेसनका  अध्यक्ष सुरेन प्रधानले जानकारी दिएका छन्l

शिविरमा विद्यार्थीहरूहरू उत्साहित भएर रक्तदान गरेको अनि भविष्यमा फेरि रक्तदान गर्ने प्रण गरेको उनले एक प्रेस विज्ञप्तिमा बताएका छन्। रक्तदान शिविरमा स्कूल पक्षबाट शिक्षकहरू जी बी बागदास, विशाल राई उपस्थित थिए। सबै टिमलाई स्कूलका प्रधान अध्यापक टी टी लेप्चाले धन्यवाद जनाए। यस अवसरमा समाज सेवक शरण शरद र बबिता मंगर पनि उपस्थित थिए। रक्तदान शिविरमा जम्मा ३३ जनाले रक्तदान गरेको र सो सिलगढी तराइ लायन्स ब्लड ब्यांकले संग्रह गरेको ब्लड लिएर आएको सुरेन प्रधानले बताएका छन्।

About Author

Advertisement