फुटबल चयन क्याम्पको आयोजना रद्द

IMG-20240531-WA0223.jpg

आगामी दिनमा आयोजना गरिने

सोनादा: दार्जीलिङ फुटबल सोसाईटीले दार्जिलिङ पहाड़मा फुटबल चयन क्याम्पको आयोजना गरिने भनिएको कार्यक्रम रद्द गरिएको छ। उक्त चयन क्याम्पमा राजस्थान फुटबल क्लबका पदाधिकारीहरू आएर फुटबल खेलाड़ीहरूलाई चयन गरिने भएको थियो भने उक्त फुटबल चयन क्याम्प आगामी १ र २ जूनको दिन दार्जीलिङको लेबोङस्थित गोर्खा स्टेडियममा गरिने भएको थियो। तर उक्त चयन क्याम्प रध्द गरिएको जानकारी प्राप्त भएको छ। उक्त चयन क्याम्प रध्द गरिएको विषयमा पत्रकारहरूसित कुराकानी गर्दै दार्जिलिङ फुटबल सोसाईटीको सचिव लाक्पा शेर्पाले हामीले राजस्थान फुटबल क्लबका पदाधिकारीहरू आएर चयन गरिने भन्ने फुटबल चयन क्याम्प हालको लागि रध्द गरिएको र उक्त चयन क्याम्प आगामी दिनमा आयोजना गरिने भएको जानकारी गराएका छन्। उनले राजस्थान फुटबल क्लबका मुख्य कोचको घरमा केही समस्या परेको कारणले आउन नसक्ने भनी सूचना प्राप्त भएको र हामी उक्त फुटबल चयन क्याम्पलाई आगामी दिनमा गर्नलाई सारिएको र दिनाङ्क तय भएपछि सूचित गरिने भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement