पहाड़मा पनि ईडी र सीबीआइ आउनु पर्ने: राजेश गजमेर

IMG_20220810_150837.jpg

खरसाङ: दार्जीलिङ पहाड़मा पनि विगतमा भएको शिक्षक नियुक्तिमा व्यापक धाँधली भएको आशंका गर्दै भारतीय जनता पार्टीको जिल्ला अनुसूचित जाति अध्यक्ष राजेश गजमेरले संगठनको पक्षबाट यसको सटीक जाँच हुनुपर्ने मांग गरेका छन्। तिनले दागोपापदेखिनै अनुसूचित जातिको दुइसय चार शिक्षक कोटा भर्ना अहिलेसम्म किन हुन सकेको छैन? अथवा यो अनुसूचित जातिको यो दुइसय चार ब्याकलक कोटामा भित्रभित्रै रोस्टर बद्ली गरेर अरुलाई नै नियुक्ति त दिएको छैन्? भनी आशंका गर्दै यसको सटीक जाँच हुनुपर्ने तथा पहाड़मा पनि ईडी र सीबीआइ आउनु पर्ने मांग गरेका छन्।

About Author

Advertisement