दार्जीलिङ: स्वास्थ्य अनि परिवार कल्याण विभाग, फुड सेफ्टी ब्रान्च, दार्जीलिङले ‘इट राइट मेला’ (Eat Right Mela) काे आयोजना गरेको थियो। कार्यक्रम दार्जीलिङ स्थित चौरस्ता अनि आर के एस पि स्कुल परिसरमा भएको थियो।
आर के एस पि स्कुल परिसरको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका मुख्य अतिथी अनित थापाले खाद्य सुरक्षाको जागरूकता शहर बजारमा मात्र होइन गाउँ बस्तीमा पनि पुग्नु पर्छ भन्दै भने, “नानीहरूलाई कस्तो किसिमको खाद्य खुवाउनु त्यो आदत दिलाउने अभिभावक नै हुन्छ। अभिभावक माझ फुड सेफ्टीको जगरुता पुर्याउनु पनि आवश्यक देख्दछु।

सरकारको तर्फबाट हामीले हाम्रो स्वास्थ्यको निम्ति कस्तो किसिमको खानु पर्छ यी विषय जानकारी दिनु यस्ता मेला आयोजना गरिरहेको छ। यस्तो मेला विभाग ले गाउँ अनि कमान तिर पनि आयोजना गरेको होस।”
उनले कोविड समयको जागरूकताको पहललाई याद गर्दै भने, “सञ्जिविनी सेवाको कारण हामीले कोविड समय गाउँ अनि कमानमा जागरूकता धेरै ल्याउनु सकेका थियौ। यस्तै किसिमले फुड सेफटी कार्यक्रमले पनि जी टी ए क्षेत्रको हरेक घरलाई छोएको होस्।”

जनता माझ खाद्य सुरक्षा विषय जागरूकता पुर्याउन, चौरास्ता को कार्यक्रममा सहभागीहरूले खाद्य सुरक्षाको संदेश बोकेको प्लाकार्ड बोकेर शहर परिक्रमा गर्यो।
आजको कार्यक्रममा मुख्य अतिथीको रूपमा जी टी ए प्रमुख कार्यपाल उपस्थित थिए भने, अन्य विशिष्ट व्यक्तिहरू क्रमैले अमर सिंह राई, अध्यक्ष रोगी कल्याण समिति, दार्जीलिङ, तपन कान्ति रुद्र, कमिस्नर फुड सेफ्टी, बंगाल सरकार अनि एस पुनबल्लाम, मुख्य सचिव, जी टी एको विशेष उपस्थिति रहेको थियो।









