खेलबाट सन्न्यासको संकेत दिइन् सेरेनाले

IMG-20220810-WA0109.jpg

१० अगस्तः अमेरिकाकी शीर्ष महिला टेनिस खेलाड़ी तथा २३ पल्टकी ग्राण्ड स्ल्याम एकल च्याम्पियन सेरेना विलियम्सले खेलबाट सन्न्यास लिने संकेत दिँदै उल्टा गन्ती शुरु भएको बताइन्। सेरेनाले इन्स्टाग्राम पोस्टमा भनेकी छन्, जिन्दगीमा एउटा यस्तो समय पनि आउँछ जब हामीले एउटा अलग दिशामा बढ़्ने फसेला लिनु पर्छ। त्यो समय सदा कठिन हुन्छ। कुनै पनि मनपर्ने कुराबाट अलग हुनु सजिलो हुँदैन। टेनिसमा म कति रमाउँछु भन्ने नसोध्नु होस् तर उल्टा गन्ती शुरु भइसकेको छ। मैले एकजना आमा हुनुमाथि, आफ्ना आध्यात्मिक लक्ष्यहरूमाथि अनि अन्तमा एक अलग, तर केवल रोमाञ्चक सेरेनाको खोजमा ध्यान केन्द्रित गर्नु छ। म आउँदो केही हप्ताको आनन्द लिनेछु।
अमेरिकी दिग्गजले जूनमा विम्बल्डनको अवधि लागेको चोटपछि लामो समयसम्म टेनिस खेल्न सकिनन्। त्यस समयदेखि नै उनको सन्न्यासलाई लिएर प्रश्नहरू उठ्न थालेको थियो। सेरेना अहिले यस महिनाको अन्तमा हुने सालको अन्तिम ग्राण्ड स्ल्याम यूएस ओपनमा खेल्न चाहन्छिन्, जहाँ उनले ६ प्रमुख एकल खिताब जितेकी छन्। सेरेनाले आफ्नो अन्तिम ग्राण्ड स्ल्याम २०१७-मा अष्ट्रेलियन ओपनको रूपमा जितेकी थिइन्। त्यस समय उनी आफ्नी छोरी ओलिम्पियासँग ८ हप्ताको गर्भवती थिइन्। सेरेनाले सोमवार गत १४ महिनामा आफ्नो पहिलो एकल जीत दर्ता गर्दै टोरण्टोमा नेशनल ब्यांक ओपनमा स्पेनकी नुरिया डियाजलाई पराजित गरी दोस्रो राउण्डमा प्रवेश गरिन्। उनी ओपन युगमा सर्वाधिक खिताब जित्ने खेलाड़ी हुन्। आउँदो महिना ४१ सालकी हुने सेरेनाले आफ्नो करियरमा ७३ वटा एकल र २३ वटा युगल खिताब जितेकी छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *