कोलकता: मणिपुर पैह्रोमा आफ्नो ज्यान गुमाउने १९ जना सैनिक परिवारको एकजना सदस्यलाई गृह तथा पहाड मामिला विभाग अन्तर्गत पुलिस ब्रान्च, नवान्नले होम गार्ड भोलिन्टियरको रूपमा नियुक्ति दिने अधिसूचना जारी गरेको छ।

दार्जीलिङ्ग जिल्लाबाट १६ जना मृत गोर्खा सैनिकको परिवारको सदस्यलाई नौकरी दिइएको बिवरण अधिसूचनामा उल्लेख छ।










