प्रेम सम्बन्धका कारण एक युवकले गरे आत्महत्या

IMG-20240530-WA0161.jpg

सिलगढी: प्रेम सम्बन्धका कारण एक युवकले आत्महत्या गरेका छन्। खोरीबारी ब्लक अफिसर डेमराभिता क्षेत्रमा घटना सार्वजनिक भएपछि सनसनी फैलिएको छ। मृत्यु हुनेमा स्वरूप कुमार सिंह उर्फ पपई (२४) रहेको छ। आज बिहान घरभित्रै सो युवक झुण्डिएको अवस्थामा देखेपछि परिवारको साथमा पूरै क्षेत्रमा सनसनी फैलिएको छ। बिहीबार बिहान परिवारका सदस्यले स्वरूपलाई फोन गरेपनि जवाफ नआएपछि ढोका तोडेर युवकको लाश झुण्डिएको देखे। खोरीबारी थाना पुलिसलाई खबर गरेपछि पुलिसले घटनास्थलमा पुगेर शव बरामद गरी पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाएको थियो। पारिवारिक स्रोतका अनुसार पपईको लामो समयदेखि एक युवतीसँग सम्बन्ध थियो। हिजो राति दुवैबीच फोनमा कुराकानी भएको थियो, प्रेम सम्बन्धमा केही कलहका कारण उनले झुण्डिएर आत्महत्या गरेका हुन्। घटनाका कारण सम्पूर्ण क्षेत्रमा शोक छाएको छ। घटनाबारे परिवारका सदस्यले पुलिसमा उजुरी दिएका छन् भने पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement