छुजाचेन स्पोर्ट्स एकाडमी र साहारा गुम्बा क्वार्टर फाइनलमा

photocollage_202289234819940.jpg

९ अगस्तः पाक्योंग स्पोर्टिंग क्लबको तत्त्वावधानमा हरिमाया शर्माकी स्मृतिमा आयोजित ७६औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा मंगलवार दुईवटा प्री-क्वार्टर फाइनल म्याच खेलियो। स्थानीय पाक्योंग सेण्ट जेभियर्स मैदानमा जारी यस नाइन ए साइड टुर्नामेण्टमा भएको पहिलो म्याचमा छुजाचेन स्पोर्ट्स एकाडमीले सेण्ट जेभियर्स स्कूल ब्लू-लाई ४-३-ले पराजित गऱ्यो।

यसरी नै दोस्रो म्याचमा साहारा गुम्बा, पाक्योंगले आक्रमण एफसी-लाई ३-१-ले पराजित गऱ्यो। टुर्नामेण्टका दुईवटा सेमिफाइनल म्याच १२ र १३ अगस्तमा खेलिनेछ। यसरी नै फाइनल १५ अगस्तमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *