भारी वर्षाका कारण जलपाईगढीका धेरै क्षेत्र डुबानमा पर्दै

IMG-20240529-WA0147

जलपाईगढी: एकै रातमा भारी वर्षाका कारण जलपाईगढीका धेरै क्षेत्र डुबानमा परेका छन्। बाढी जस्तो अवस्था पनि सिर्जना भएको छ। टिस्टाको पानीको बहाव बढेपछि प्रशासनले रेड अलर्ट जारी गरेको छ। आज जलपाईगढी जिल्ला प्रशासनले माइकिङ मार्फत मानिसहरूलाई टिस्टा नदीको किनारमा नजान र घरपालुवा जनावरहरू नपठाउन चेतावनी दिएको छ।

चक्रवाती तूफान रेमालका कारण हिजो राति जलपाईगढीमा भारी वर्षा भएको थियो। वर्षाका कारण खेतमा पानी पसेको छ। साथै टिस्टाको पानीको बढेको छ, जसलाई ध्यानमा राख्दै जलपाईगढी जिल्लापाल शमा परवीनको निर्देशनमा माइकिङ गरेर जनतालाई सचेत गराइँदैछ। जलपाईगढी, केनथुआचार, दासपारा, हरिचन्द र टैगोर मन्दिर क्षेत्रमा बाढीको अवस्था सिर्जना भएको छ। खेतीयोग्य जमिन पूरै पानीमा डुबेको छ। अन्यत्र पानी परे उक्त क्षेत्रमा बाढी आउन सक्ने स्थानीयवासी डराउँछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement