कप्तानको रूपमा टीमका प्रत्येक सदस्यलाई महत्त्व दिन चाहन्छन् रोहित शर्मा

IMG-20240529-WA0214.jpg

नयाँ दिल्ली: भारतका कप्तान रोहित शर्माको भनाइअनुसार, टोलीको नेतृत्व गर्दा प्रत्येक सदस्यलाई महत्त्व दिनु उनले हासिल गरेको सबैभन्दा ठूलो शिक्षा हो। आक्रामक ओपनिंग ब्याटर रोहित आफ्नो दोस्रो टी२० वर्ल्ड कपमा टोलीको कप्तानी गर्न तयार छन्, जुन २ जूनदेखि अमेरिका र वेष्ट इण्डिजमा खेलिनेछ। आफ्नो कप्तानीको दृष्टिकोणलाई साझा गर्दै रोहितले भने, म्याचमा कुनै पनि सम्भावित परिस्थितिसँग जुझ्नको निम्ति म आफूलाई पहिलाबाट नै तयार राख्छु। एकजना कप्तानको निम्ति सबैभन्दा ठूलो चुनौती नै टीमका अलग-अलग खेलाड़ीहरूलाई सम्हाल्नु हो। टीमका प्रत्येक व्यक्तिलाई महत्त्व दिनु जरूरी छ। यस्तो गरे उनीहरूले आफूलाई टीमको हिस्सा अनुभव गर्नेछन्। कप्तानीको अवधि मैले हासिल गरेको सबैभन्दा ठूलो शिक्षा यही हो। कुनै पनि कठिन समयमा उनीहरू तपाईंलाई भेट्न आउँदा तपाईंले उनीहरूलाई सबैभन्दा असल समाधान दिनु पर्छ।
भारतका ३७ वर्षीय कप्तानले बताएअनुसार, उनी मैदानमा ओर्लिन अघि नै विपक्षी टीम र खेलाड़ीहरूबारे जानकारी हासिल गर्छन्। उनले भने, मैले दुवै विभागमा तयार गर्नु पर्छ-एकजना कप्तानको रूपमा अनि एकजना खेलाड़ीको रूपमा। मेरो निम्ति मैदान अनि प्रतिद्वन्द्वीबारे जानकारी महत्त्वपूर्ण हुन्छ। म त्यही गर्छु। म बैठक कक्षाहरूमा जान्छु अनि धेरै समय बिताउँछु। यस्तो गरेर म दबाउको परिस्थितिहरूका निम्ति आफूलाई तयार राख्न सक्नेछु। खेलमा उतार-चड़ाउ आउँछ तर एकजना कप्तानको रूपमा दुवैलाई सम्हाल्न तयार रहनु पर्छ। रोहितले बताएअनुसार, टी२० प्रारूप निक्कै चुनौतीपूर्ण भएको छ कारण खेलाड़ीहरूले म्याचमा अलग-अलग दृष्टिकोण अप्नाउँछन् अनि कप्तानको रूपमा तपाईं तयार रहनु पर्छ। उनले भने, मेरो निम्ति म्याचको परिस्थिति अनुसार रणनीति तयार गर्नु अनि आफ्ना साथीहरूसँग जानकारी साझा गर्न महत्त्वपूर्ण रहन्छ। उल्लेखनीय छ, भारतीय कप्तान खेलाड़ीहरूका पहिलो झुण्डसँग अमेरिका पुगिसकेका छन्। टी२० वर्ल्ड कपमा भारतको पहिलो म्याच ५ जूनमा आयरल्याण्ड विरुद्ध रहेको छ।

About Author

Advertisement