चुनाउपछि बस्यो एसडीएफको केन्द्रिय कार्यकारिणी समितिको सभा

n6126046661716917435980577edb923a92c1dba8e9844105a5dd8b516757c2898e20820befa66ff33fccbd.jpg

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ ) अध्यक्ष पवन चामलिङले भने, एसडीएफ पार्टीको पहिलो धर्म र कर्म नै सिक्किमको शान्ति, सुरक्षा सुनिश्चित गर्नु हो।

यसैले एसडीएफ पार्टीका कार्यकर्ता र नेताले शान्ति सुरक्षा कायम गर्नुपर्छ। हामीलाई जनताले शान्ति र सुरक्षाका लागि मतदान गरेका छन्, यसैले जनताको विश्वासमा हामी खडा हुनसक्नुपर्छ।

मंगलवार इन्दिरा बाईपासस्थित एसडीएफ भवनमा पार्टीको केन्द्रिय कार्यकारिणी समिति (सीईसी)-को सभालाई सम्बोधन गर्दै एसडीएफ अध्यक्ष चामलिङले यस्तो विचार राखेका हुन्। पार्टी पदाधिकारीहरूलाई सम्बोधन गर्दै चामलिङले भने, यसपालीको चुनाउ परिणामले सिक्किम र सिक्किमेली जनताको भाग्य र भविष्यको दिशा तय गर्नेछ। एसडीएफ सरकार गठन भयो भने सिक्किम र सिक्किमेली जनताको सुरक्षा हुनेछ, सिक्किममा शान्ति कायम हुनेछ अनि सिक्किममा सिक्किमेको राज हुनेछ।

लोकसभा र विधानसभा चुनाउपछि पहिलोपल्ट बसेको पार्टीको केन्द्रिय कार्यकारिणी समिति (सीईसी) को सभामा चामलिङले भने, वर्तमान सरकारले जनताको मनोभावना अनुसार काम गर्न सकेन, २०१९ को चुनाउमा जनतालाई दिएका वचन पुरा गर्न सकेन अनि सिक्किम र सिक्किमे जनताको हित विपरीत काम गरेका कारण नै जनताले एसडीएफलाई सरकारमा फर्काउने निर्णय गरेका छन्। अब हामीले जनताको इच्छा, आकांक्षा र विश्वास अनुसार सिक्किम र सिक्किम जनताको हित र जीतका लागि काम गर्नु पर्नेछ। जनताले हामीलाई सिक्किमको गुमेको प्रतिष्ठा फिर्ता गर्न सरकारमा फिर्ता गर्ने निर्णय गरेका छन्।

एसडीएफ अध्यक्षले आरोप लगाउॅंदै भने, बितेको पाँच वर्षमा सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) सरकारले सिक्किमे जनतालाई अन्याय, अपमान, अत्याचार गरेको छ। सिक्किमको अस्तित्व संकटमा पारेको छ। राज्यको शान्ति सुरक्षा भङ्गभएको छ, कानुनको राज समाप्त भएको छ, आर्थिक अवस्था लथालिङ्ग भएको छ। उनले जनताले सिक्किमको भाग्य र भविष्य बनाउन अनि सिक्किमलाई व्यवस्थित गरेर ट्रऱ्याकमा ल्याउन भनेर एसडीएफलाई सरकारमा पुऱ्याउने निर्णय गरेका हुन्। हामीले जनताको निर्णयलाई सम्मान गरेर जनाकांक्षा अनुसार काम गर्नुपर्नेछ।

चामलिङले भने, आउँदो एसडीएफ २.० को सरकार नयाँ पुस्ताको संस्कारित सरकार हुनेछ। कानुनमा चल्ने सरकार हुनेछ। हामीले सबैमाथि समान व्यवहार गर्नुपर्छ। यसले नयाँ सरकार चारित्रिक रूपमा परिवर्तन भएको सरकार हुनेछ, जनताको सरकार हुनेछ। हाम्रो दृष्टिकोमा व्यापक परिवर्तन हुनेछ। उनले नयाँ सरकारमा जनताले केवल कानुनसँग र भगवानसित मात्र डराउनु पर्ने बताउँदै सिक्किममा विधिको शासन स्थापना गरेर सिक्किमेको हक अधिकारको सुरक्षा एसडीएफ २.० सरकारमा हुने बताए।

यसभन्दा अघि पार्टीकी संस्थापक सदस्य सिच्चे निवासी आशमाया राईलाई सभाले श्रद्धाञ्जली अर्पण गरेको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement