ठगी गर्ने गिरोह पर्दाफास , एकजना पक्राउ

Capture7-6.png

फाँसीदेवा: एटिएम कार्ड र बैंकको पासबुक किर्ते गरी ठगी गर्ने गिरोह पर्दाफास भएको छ। फाँसीदेवा पुलिस थानाले तीन ठाउँमा छापा मारेर एक जनालाई पक्राउ गरेको छ। गोप्य स्रोतबाट सूचना पाएपछि दार्जिलिङ जिल्लाका अतिरिक्त पुलिस उपरीक्षक (कर्सियाङ) अभिषेक राईको नेतृत्वमा फाँसीदेवा थानाको पुलिसले पश्चिम निजबजार र फाँसीदेवाको हागरगाछमा अपरेसन गरेको बताइएको छ। नक्कली एटीएम कार्ड र बैंक पासबुक बनाएर सर्वसाधारणलाई ठगी गर्ने गरेको खबर थियो। यो गिरोह केही महिनादेखि फाँसीदेवा क्षेत्रमा सक्रिय थियो। आज छापा मार्दा ठूलो संख्यामा एटीएम कार्ड, सिमकार्ड, बैंक पास बुक बरामद भएको छ। घटनामा संलग्न अनिल गोप नामका एक व्यक्तिलाई पुलिसले पक्राउ गरेको छ। उनलाई सोधपुछ गरेपछि पुलिसले मुरिखावा मोडमा रहेको मोहम्मद साहिदुलको घरमा छापा मारेको थियो। तर, पुलिसको छापाको खबर पाएलगत्तै आरोपी फरार भएका थिए। श्रीमतीसँग सोधपुछ गर्दा धेरै सनसनीपूर्ण तथ्य बाहिर आएको छ। यस सम्बन्धमा जिल्ला अतिरिक्त पुलिस उपरीक्षक अभिषेक राईले प्रारम्भिक अनुसन्धान भइरहेको बताए। प्रारम्भिक तथ्याङ्क अनुसार यो गिरोह अन्तर्राष्ट्रिय ठगी गिरोहसँग जोडिएको हुनसक्छ।

About Author

Advertisement