गान्तोक: सत्ताधारी एसकेएम पार्टीमा विपक्षी एसडीएफ पार्टीबाट सामेल हुने क्रम जारी रहेको छ। एसडीएफ पार्टीका एक वरिष्ठ नेता एवं पूर्व मन्त्री भीम ढुङ्गेलले एसकेएम पार्टीमा सामेल हुने इच्छा व्यक्त गर्दै पत्र लेखेका छन्।
ढुङ्गेलले मुख्यमन्त्री तथा एसकेएम पार्टी अध्यक्ष पीएस तामाङलाई आज सामेल पत्र लेखेका थिए, जसलाई स्वीकृत गरिएको छ। मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमा ढुङ्गेलले लेखेको पत्र सार्वजनिक गर्दै उक्त जानकारी दिएका छन्।
मुख्यमन्त्रीले पूर्व मन्त्री भीम ढुङ्गेलको सामेल पत्रलाई हार्दिक स्वागत जनाएका छन्। उनले ढुङ्गेल एक युवा, उर्जावान र सिक्किममा प्रतिष्ठित सामाजिक कार्यकर्ता रहेको बताएका छन्। उनले हामी सॅंगै अगाडि बढ्ने छौ र राज्यका जनताको कल्याणप्रति सदैव समर्पित रहने छौ भनी बताएका छन्।








