कोलकता: मङ्गलबार तम्लुकमा एक कार्यक्रमपछि पत्रकारहरूलाई सम्बोधन गर्दै विपक्षी दलका नेता शुभेन्दु अधिकारीले पश्चिम बंगालमा दिसम्बरसम्म वर्तमान राज्य सरकार नरहने दाबी गरेका छन्। उनले भने, ‘दिसम्बरसम्म सरकार टिक्दैन।’ यसबाहेक शुभेन्दु अधिकारीले २०२४ मा लोकसभा र विधानसभाको निर्वाचन एकैसाथ हुने बताए।











