गेजिङ: केरेम्थाङ लोटस सोसाइटीले बदलिँदो मौसम परिवर्तनमाथि बिश्वकल्याण हेतु उँभौली लगायत संसारी प्रकृति पूजा गरेको छ। पश्चिम सिक्किमको मानेबुङ देन्ताम क्षेत्रमा पर्ने केरेमथाङ बनभाते संसारी बरढाँडामा आयोजना गरेको कार्यक्रममा समाजका सभापति रामबहादुर राई, लक्ष्मण गुरुङ पञ्चायतका सदस्य इन्द्रबहादुर छेत्री लगायत समाजका सम्पूर्ण सदस्यहरुको उपस्तिथि रहेको थियो। विशेषगरि यस संसारी वरडाँडामा पाँचसय वर्ष पुगेको एक बरको वृक्ष रहेको अनि यस परिसरमा रहेका मानीहरु तीन सयवर्ष पुराना छन्। संसारी पूजा यस ठाउँका मानिसहरुद्वारा गरिने एक प्रमुख धार्मिक अनुष्ठान हो। यस पूजामा देवी संसारी माईको पूजा गरिन्छ, जसलाई शक्ति र संरक्षणको देवी मानिन्छ। वनभाते वरडाँडामा रहेको संसारी पूजाको विशेष महत्व छ। पूजाले गाउँ र समस्त राज्यमा सुख, शान्ति, र समृद्धि ल्याउने विश्वास रहिआएको छ भने समाजको धार्मिक, सांस्कृतिक र सामाजिक पक्षलाई समेट्ने एक महत्वपूर्ण अनुष्ठान मानिएको छ।