साहित्यकार एडोन रोङगोङको निधनमा शोक सभा सम्पन्न

IMG-20240526-WA0318.jpg

गान्तोक: नेपाली साहित्य आकाशका एक नक्षत्र एवम् प्रसिद्ध साहित्यकार डा. एडोन रोङगोङको आत्माले चिर शान्तिको कामना गर्दै पश्चिम सिक्किम साहित्य प्रकाशनले एक शोक सभाको आयोजना गऱ्यो। आज बसेको शोकसभामा, वरिष्ट साहित्यकार पद्मश्री केदार गुरुङ, स्रष्टा एव सम्पादक साथै साहित्यकार दलमान पिर, साहित्यकार गोबरधन बास्तोला,लगायत प्रकाशनका सदस्यहरुको उपस्थिति रहेको थियो।साहित्यकार रोङगेङको निधनले नेपाली साहित्यको क्षेत्रमा अपुरणीय क्षति भएको पुगेको सभामा जानकारी गराइयो। युवावस्थादेखि नै साहित्य सिर्जना, सम्पादन अनि साहित्यिक साथै सामाजिक सङ्गठनात्मक गतिविधिहरूमा संलग्न एवम् सक्रिय रहेर उनले नेपाली भाषा-साहित्य र समाजोत्थानमा अतुल्य योगदान पुऱ्याएका छन्। साहित्यिक-सांस्कृतिक सिर्जनशीलता अनि समाज निर्माणको कार्यमा नै उनी आजीवन उत्सुक, जागृत र क्रियाशील रहने गर्थे। साहित्य क्षेत्रको कलामा पश्चिम सिक्किम साहित्य प्रकाशनद्वारा प्रदान गरिने स्रष्टा पुरस्कारले पनि सम्मानित बनिसकेका रोङको निधनले ठूलो क्षति भएको साहित्यकार मुखियाले प्रकाश पारे।भारतीय नेपाली समाज प्रतिको उनको योगदान चिरस्मरणीय रहेको बताए। उनको जीवन र कृतिहरूले नेपाली समाजलाई सदैव प्रेरणा र शक्ति मिल्ने जानकारी गराए।

साहित्य रचना, रचनाहरूको सङ्कलन, सम्पादन, मुद्रण, पत्र-पत्रिकाहरूको प्रकाशन, बिक्री-वितरण सबै क्षेत्रहरूमा उनी सजग र सक्रिय रहने गरेको र उनको साहित्यमाथि चर्चा गरियो।

About Author

Advertisement