गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले सिमियोन सुकिता राईलाई ‘पोएट आइडल’ को उपाधि जित्न सफल बनेकोमा बधाई दिएका छन्। उनले यो उल्लेखनीय उपलब्धि उनको असाधारण प्रतिभा, समर्पण र कविता र साहित्यप्रतिको लगावको प्रमाण रहेको बताएका छन्।
मुख्यमन्त्री तामाङले आफ्नो फेसबुक पेजमा सिमियोन सुकिता राईलाई बधाई दिॅंदै उनको यस उपलब्धिले सिक्किमको नाम रोशन गर्नुका साथै राज्यका आकांक्षी कवि, साहित्यकार र कलाकारहरूलाई प्रेरित गरेको बताएका छन्। यति प्रतिष्ठित उपाधि जित्नु कुनै सानो उपलब्धि होइन भन्दै यसले उनको अटल समर्पण, लगनशीलता र विचारशील चिन्तनका साथै उनको रचनात्मकताको गहिराई र शब्दहरूको प्रभावलाई पनि झल्काउॅंछ भनी उनले बताएका छन्। मुख्यमन्त्रीले कवि राईलाई बधाई दिॅंदै उनको यो उपलब्धि काव्य यात्रामा अझ धेरै प्रशंसाको शुरूवात होस् भनी कामना पनि गरेका छन्।
उल्लेखनीय छ, सिक्किमका सिमियोन सुकिता राईले नेपालको राजधानी काठमाडौंमा आयोजित पोएट आइडल सीजन-२ को उपाधि जितेका छन्। पोएट आइड सीजन-१ को उपाधि पनि सिक्किमकी कवि नीलम गुरूङले जितेकी थिइन्।