चालु सिजनमा सगरमाथामा ५७० को सफल आरोहण

IMG-20240526-WA0220.jpg

फोटो पत्रकार पूर्णिमाको नयाँ कीर्तिमान

झापा: चालु पर्वतारोहण सिजनमा सगरमाथामा मात्र ५ आरोहीको मृत्यु भएको छ । पर्यटन विभागले सार्वजनिक गरेकोn विवरण अनुसार नेपाली सहयोगी र विदेशी आरोहीहरूको विभिन्न कारणले मृत्यु भएको हो। मृत्यु हुनेमा मंगोलियाका दुई आरोही छन्। उनीहरूको १३ मईका दिन साउथ समिटमा मृत्यु भएको विभागले जनाएको छ। मृत्यु हुनेमा युखजर्गल सिडेनडम्बा र प्योरभिस्रन खाग्बाजाभ रहेका छन्।

क्याम्प थर्डमा रोमानियाका नागरिक ४६ वर्षीय ग्याब्रियल भायोरेल तबराको २१ मईका दिन मृत्यु भएको छ। उनको टेन्टमा सुतिरहेको अवस्थामा मृत्यु भएको पाइएको छ।

केन्याका नागरिक ४० वर्षीय जोसुआ चेरियट किरुईको समेत सोही दिन मृत्यु भएको विभागले जनाएको छ। उनको चुचुरो नजिकै शव भेटिएको छ। सो दिन कास्कीका विनोदबाबु बस्ताकोटीको समेत ज्यान गएको छ। उनको साउथ कोल नजिकै ८२ सय मिटरमा ज्यान गएको हो।

विभागका अनुसार तीन जना आरोही र सहयोगी भने हराइरहेका छन्। २१ तारिखका दिन बेलायती नागरिक ४० वर्षीय ड्यानियम पौल हिलारी स्टेपबाट झरेको र सो स्थानमा हराइरहेको विभागले जनाएको छ। उनको साथमा रहेका सहयोगी पासतेन्जी शेर्पा समेत हराइरहेका छन्। केन्याली नागरिकको साथमा रहेका ङवाङ शेर्पा समेत चुचुरो नजिकबाट हराइरहेको विभागको विवरणमा उल्लेख छ।

विभागका अनुसार हालसम्म कुल ५७० जना भन्दा बढी आरोही र सहयोगीहरुले सगरमाथाको सफल आरोहण गरेका छन् । आजसम्म मात्र ६५ जनाले चुचुरो चुम्न सफल भएको छ।
स्रोतका अनुसार फोटो पत्रकार तथा पर्वतारोही पूर्णिमा श्रेष्ठले एकै सिजनमा तीन पटक सर्वोच्च शिखर सगरमाथा चढेर महिला पर्वतारोहीतर्फ नयाँ कीर्तिमान बनाएकी छिन । आरोहण एजेन्सी एट के एक्सपिडिसनका अनुसार उनले मई २५शनिबार बिहान ५ बजेर ५० मिनेटमा तेस्रो पटक सगरमाथाको आरोहण गरेको हो। एट के एक्सपिडिसनका व्यवस्थापक योगेन्द्र तामाङले भने , “सगरमाथा आरोहणका हिसाबले चौथो पटक चुचुरोमा पुगेकी श्रेष्ठले यो सिजनमा १३ दिनभित्र तीन पटक सगरमाथाको आरोहणको कीर्तिमान बनाएकी छिन्। उनले यसअघि भारतीय महिलाले एकै सिजनमा दुई पटक चुचुरोमा पुगेको रेकर्डलाई तोडेकी छिन्।” मई १२मा सहयोगी फुरा टेम्बा शेर्पासहित पहिलो आरोहण गरेकी र मई १९मा  सहयोगी पासाङ शेर्पासहित दोस्रो पटक चुचुरोमा पुगेको उनले बताए। त्यस्तै तेस्रो पटक सहयोगी कर्मा ग्याल्जी शेर्पासहित उहाँ चुचुरोमा पुगेको हो।
गोरखा आरुघाट गाउँपालिका–१० की श्रेष्ठले विश्वका दर्जनौँ हिमशिखर आरोहण गरिएकी छिन। उनले २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेको थियो।

विश्वका आठ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल आरोहण अभियानमा रहेकी उनले गत वर्षको सितम्बरमा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो के–टु हिमालको आरोहण गरेकी थिइन। के–टु आरोहण गर्ने उनी चौथो नेपाली पर्वतारोही हुन। उनले नेपालमा रहेका आठ हजार मिटर उचाइका सात वटा हिमाल आरोहण गरिसकेकी छिन। २०१८ देखि आरोहण सुरु गरेकी उनले दुई पटक मनास्लु र अन्नपूर्ण, धौलागिरि, कञ्चनजङ्घा, ल्होत्से तथा मकालुको एक एक पटक आरोहण गरिसकेकी छिन। उनी अन्नपूर्ण र धौलागिरि आरोहण गर्ने पहिलो नेपाली महिलासमेत हुन। विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये नेपालमा आठ वटा छन्। तीमध्ये श्रेष्ठले चोयु हिमाल मात्र चढ्न बाँकी छ। भौगोलिक जटिलता र विविध कारणले नेपालबाट आरोहण नखुलाइएको चोयु तिब्बततर्फबाट चढ्नुपर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement