१०औं स्थापना दिवसको अवसरमा मुक्तांगन नाट्य गोष्ठीद्वारा रक्तदान शिविर आयोजना

IMG-20240526-WA0225

जलपाईगढी: आइतबार जलपाईगढीको बान्धव नाट्य समाजको मुक्तांगन नाट्य गोष्ठी समूहको १० वर्ष पूरा भएको अवसरमा रक्तदान शिविरको आयोजना गरियो। सबैभन्दा पहिले नाट्यगोष्टी ग्रुपका सदस्यहरुले रक्तदान गरेर यस शुभ कार्यको शुरुवात गरे। आज रक्तदान गरेपछि रक्तदातालाई बिरुवा वितरण गरिएको छ। मुक्तांगन नाट्य गोष्ठीको दशौं वार्षिकोत्सवको अवसरमा यो रक्तदान शिविर आयोजना गरिएको हो। शिविरबाट संकलन गरिएको रगत जलपाईगढी मेडिकल कलेज अस्पतालको ब्लड ब्यांकमा पठाइनेछ। मुक्तांगन नाट्य गोष्ठीका सदस्यहरुले अहिले अत्यधिक गर्मी भएकाले मानिसहरु बिरामी परेको र रगतको खाँचो परेको बताए। यसैलाई मध्यनजर गर्दै आज शिविर आयोजना गरिएको भन्दै उनले अन्य समाजसेवी संस्थालाई पनि अगाडि आएर रक्तदान शिविर आयोजना गर्न आग्रह गरे। रक्तदान महान दान हो, र यस दानबाट कसैको ज्यान बच्न सकिन्छ भन्दै रक्तदानका लागि मात्रै अगाडि आउन समाजका मानिसहरूलाई अनुरोध गरे।

About Author

Advertisement