म्याड्रिड: स्पेनिश ला लीगामा च्याम्पियन बनिसकेको रियल म्याड्रिडले ड्र-को साथ सीजनको समापन गऱ्यो। यसबीच एट्लेटिको म्याड्रिड र गिरोनाले चाहिँ आ-आफ्नो अन्तिम म्याच जित्यो। रियल म्याड्रिड र रियल बेटिसबीच शनिवार राति खेलिएको म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो। आफ्नो होम ग्राउण्ड सेण्टियागो बर्नब्यू स्टेडियममा ६० प्रतिशत पोजेशनको साथ खेले पनि रियल म्याड्रिडले गोल गर्न सकेन। यस म्याचको साथै जर्मन मीडफिल्डर टोनी क्रूसले रियल म्याड्रिडको जर्सी लगाएर सेण्टियागो बर्नब्यूमा आफ्नो अन्तिम म्याच खेले। उनलाई रियल म्याड्रिडले आफ्नो होम ग्राउण्डमा भव्य बिदाई दियो। यूरो कप २०२४ पछि खेलबाट सन्न्यास लिने फसेला गरेका ३४ वर्षीय क्रूसले आफ्नो क्लब रियल म्याड्रिड र प्रशंसकहरू प्रति कृतज्ञता व्यक्त गरे। उनले भने, अहिले केही भन्नु मुश्किल छ। म आफ्नो क्लब रियल म्याड्रिड, साथी खेलाड़ीहरू र प्रशंसकहरूलाई धन्यवाद जनाउन चाहन्छु। गत १० सालमा मैले यहाँ सदा आफ्नो घर जस्तो अनुभव गरे। मेरो निम्ति यो १० साल यादगार रह्यो। क्रूसले रियल म्याड्रिडको तर्फबाट ३०६ वटा म्याच खेलेर २२ गोल गरे। उल्लेखनीय छ, रियल म्याड्रिडले यस सीजनमा अझ एउटा म्याच खेल्नु पर्नेछ अनि त्यो हो च्याम्पियन्स लीगको फाइनल। भारतीय समयानुसार शनिवार अबेर राति खेलिने च्याम्पियन्स लीगको फाइनलमा रियलले जर्मनीको क्लब बोरुसिया डर्टमण्डको चुनौती स्वीकार्नेछ। ला लीगा सीजनको अन्तमा च्याम्पियन रियल म्याड्रिडले ३८ वटा म्याचमा ९५ पोइण्ट्स हासिल गऱ्यो। यसरी रियल बेटिस ५७ पोइण्ट्सको साथ सातौं स्थानमा रह्यो।

यसबीच एट्लेटिको म्याड्रिडले रियल सोसिएदाद विरुद्ध २-०-ले जीतको साथ सीजनको अन्त गऱ्यो। यस अवे म्याचमा ३९ प्रतिशत पोजेशनको साथ खेल्ने एट्लेटिकोबाट सेमुएल लिनोले नवौं र रिनिल्डो माण्डावाले म्याचको अन्तिम क्षण (इञ्ज्युरी टाइमको तेस्रो मिनट)-मा गोल गरे। म्याचमा एट्लेटिकोका सब्स्टीट्यूड खेलाड़ी साउललाई म्याचको अन्ततिर रेड कार्ड देखाइयो। यसरी एट्लेटिको म्याड्रिडले ७६ पोइण्ट्सको साथ चौथो स्थानमा रहेर सीजनको अन्त गऱ्यो। यसबाहेक रियल सोसिएदाद ६० पोइण्ट्सको साथ छैटौं स्थानमा रह्यो। यसबाहेक एथलेटिक क्लबले रायो भाल्लेकानोलाई १-०-ले पराजित गऱ्यो। गिरोनाले ग्रानाडा विरुद्ध एकतर्फी म्याचमा ७-०-ले जीत हासिल गऱ्यो जबकि भिल्लारियल र ओसासुनाबीचको म्याच १-१-ले ड्र रह्यो।