सिलगढ़ी: सिलगढ़ी फर्ष्ट डिवीजन फूटबल लीग शनिवारदेखि शुरु भयो। सिलगढ़ी महकुमा क्रीड़ा परिषद (एसएमकेपी)-को आयोजनमा शुरु भएको फर्ष्ट डिवीजन फूटबल लीगमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ। स्थानीय कञ्चनजंघा स्टेडियममा शनिवार नवीन संघ र बाघाजतीन एथलेटिक क्लबबीच खेलिएको उद्घाटन म्याच गोलरहित ड्र-मा समाप्त भयो।

बाघाजतीन एसी-का गोलकीपर अनन्त सेनलाई प्लेयर अव् द म्याच चयन गरियो। अब आइतवार खेलिने म्याचमा तरुण तीर्थ र रविन्द्र संघबीच भिड़न्त हुनेछ। शनिवार उद्घाटन समारोहमा मुख्य अतिथिको रूपमा ईष्ट बेंगलका पूर्व फूटबलर अभ्र मण्डल उपस्थित थिए।










