झापा: सुनसरीको बराहक्षेत्र- २ स्थित करमखोला पुल नजिकै भित्री सडकखण्डमा मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा छोराको मृत्यु भएको छ भने बाबु घाइते भएका छन्। तेह्रहड्डीबाट चतरातर्फ जाँदै गरेको को २८ प ४७५८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शनिबार दिउँसो ३ः३० बजेतिर दुर्घटना हुँदा मोटरसाइकलमा सवार ७ वर्षीय अनुभव बस्नेतको मृत्यु भएको हो।मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय पुष्प बस्नेतको अनुहार र बायाँ हातमा चोट लागेर घाइते भएका छन् ।उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकलमा पछाडि सवार उनका छोरा अनुभवको भने उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज मई २६मा मृत्यु भएको पुलिसले जनाएको छ ।तीव्र गतिका कारण दुर्घटना भएको पुलिसको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।