डेङ्गु रोकथामको लागि गप्पी माछाका भुराहरू प्रदान

IMG_20220809_202835.png

सिलगढी: डेङ्गुको प्रकोप बढ्दा सिलगढी नगरनिगमको पहलमा सहरको विभिन्न ठाउँमा ब्लिचिङ पाउण्डर छर्किने कार्यहरू भइरहेको छ। सिलगढी नगरनिगमका मेयर गौतम देवको पहलमा आज फेरि डेङ्गुको रोकथामको लागि विभिन्न जलाशयमा गप्पी माछाका भुराहरू छोडियो। मेयर देवले आज सिलगढी नगरनिगमको तर्फबाट ५ नम्बर बोरो कमिटीका सदस्यहरूलाई गप्पी माछाका भुराहरू प्रदान गरे। यस अवसरमा तिनले भने, गप्पी माछाले मच्छरको लार्भाहरूलाई खाइदिने गरेकोले मच्छरबाट हुने रोगबाट यसले बचाउँछ। सिलगढीका सबै जलाशय वा बन्द जलाशयहरूमा गप्पी माछाका भुराहरू छोडिनेछ। आगामी दिनमा सिलगढी नगरनिगमले डेङ्गुको रोकथामको लागि अन्य विविध पहल गर्ने तिनले बताए।

About Author

Advertisement