तीनधारे क्षेत्रको रेलवे क्वाटरतिर बस्नेहरूलाई क्वाटर खाली गर्न रेलवेद्वारा नोटिस जारी

IMG-20220809-WA0128.jpg

क्षेत्रीय सभासद नवराज छेत्रीद्वारा सभा गरी समस्याको समाधान खोजी निकाल्ने आश्वासन

खरसाङ: तीनधारेको चारवटा गाउँहरूमा रहेको रेलवे क्वाटरहरूमा बस्दै आएका स्थानीय वासिन्दाहरूलाई रेलवेबाट घर छोड्ने नोटिस आएपछि स्थानीयहरूमा निक्कै डरले सताएको छ। रेलवेबाट आएको नोटिस अनुसार क्वाटर खाली गर्नु पर्ने अनि झट्टै रेलवे कार्यालय कटिहार पुगेर उपस्थिति दिनु पर्ने भनिएको छ। यसै विषयलाई लिएर आज तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले तीनधारेको चारवटै गाउँहरूका समाजहरूसित सभा गरेका छन्। तीनधारेको चारवटा गाउँहरू क्रमैले गैरी गाउँ, क्रिकेट बजार, शंकर निवास र राजबारी रहेको छ। क्षेत्रीय सभासद नवराज छेत्रीले चारैवटा समाजका मानिसहरूसित पालैपालो सभा गरेका छन्। उनले गैरी गाउँमा यहाँको गोदावरी संघ, क्रिकेट बजारको ग्राम सुधार समिति, राजबारीको जनसेवा संघ, शंकर निवासको दिव्यज्योति संघ आदिसित सभा गरेका छन्। यस क्रममा उनले सर्व प्रथममा तीनधारेको गैरी गाउँ क्षेत्रका मानिसहरूसित यहाँको गोदावारी संघको मानिसहरूसित सभा गरेका छन्। गैरी गाउँमा अहिले रेलवे क्वाटरहरूमा बस्दै आएका २२ घरहरूलाई नोटिस आएको जानकारी प्राप्त भएको छ। मानिसहरूसित सभा गरेर सभासद नवराज छेत्रीले रेलवेबाट आएको नोटिस विषयमा उच्च तहमा लगेर कार्य गरिदिने आश्वासन दिएका छन्। यस विषयमा उनले स्थानीयहरूलाई सम्बोधन पनि गरेका थिए। पछिबाट पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले यस विषयमा जीटीए चिफ् एक्जीक्युटिभ अनित थापासित सर सल्लाह गरेको अनि यस कुरालाई लिएर स्थानीयहरूको पक्षमा खण्ड विकास अधिकारी, महकुमा शासक, डीएमलाई पत्रचार गर्ने अनि जीटीएमार्फत् समस्याको समाधान निकाल्ने वचन दिएका छन्। यो समस्या समाधानको लागि उच्च स्तरमा सभा गर्ने भएको पनि जनाएका छन्। पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा सभासद नवराज छेत्रीले तीनधारे क्षेत्रमा रहेको रेलवे क्वाटरहरूमा बस्दै गरेका मानिसहरूलाई रेलवेबाट घर खालि गर्नु भनी नोटिस आएको र रेलवेको कार्यालय कटिहार गएर उपस्थिति दिनु पर्ने नोटिस आएकोले मानिसहरूले बताएकोले आज आफु यसरी मानिसहरू समक्ष पुगेर सभा गरिरहेको र यसको समाधान गर्ने आश्वासन दिएको बताएका छन्। छेत्रीले यसको लागि सम्बन्धित निकायमा पुगेर ज्ञापन दिने र यसको शुरुवात बीडीओबाट गर्ने र महकुमा शासक, जिल्ला अधिकारीलाई पनि ज्ञापन दिने अनि आवश्यक परेको खण्डमा जीटीए चिफ् एक्जीक्युटिभ अनित थापासित भेटेर समस्या समाधानको लागि पहल गर्ने पनि बताएका छन्। उनले तीनधारेको मानिसहरू तेसै रेलवे क्वाटरतिर बसेको होइन तर उनीहरूको व्यवस्था र अवस्थाको कारणले बसेको बताए। सभासद छेत्रीले तीनधारेवासीको पक्षमा उच्च निकायसम्म पनि पुगेर कार्य गर्ने र तीधारेवासीलाई परेको समस्यालाई समाधानको बाटो खोजी निकाल्ने पनि आश्वासन दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *