बेलबारीमा बौद्ध धर्मावलम्बीहरूको दाहसंस्कारस्थल अनावरण

IMG-20240524-WA0093.jpg

झापा: मोरङको बेलबारी नगरपालिका – १ स्थित पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ पर्ने जङ्गल क्षेत्रमा बौद्ध धर्मावलम्बीहरूका लागि बनाइएको दाहसंस्कारस्थल उद्घाटन गरिएको छ। जम्मा १५ लाख ६० हजार नौ सय ६३ रुपियाँको लागतमा बनेको दाहसंस्कारस्थल मई २३ बुद्ध जयन्तीका अवसरमा बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले रिबन काटेर शिलालेख अनावरण गरी उद्घाटन गरेका हुन्। कार्यक्रममा नगरप्रमुख राईले मानवीय जीवनशैलीको परिष्कारका लागि बुद्धको दर्शन महत्वपूर्ण रहेको बताए। विभिन्न जातीय समुदायमा मौलिक रितिअनुसार मृतकको दाहसंस्कार गरिँदै आएको भन्दै उनले समाधीस्थल व्यवस्थापनमा राज्यको ध्यान भने कम पुगेको बताए। दाहसंस्कारस्थलमा दुईवटा शव जलाउने स्थान, दुईवटा शौचालय, एउटा स्नानघर, मलामी विश्रामस्थल, लामा पाठ घर र कपडा जलाउने स्थान निर्माण गरिएको निर्माण समितिले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement