हाँस्य कलाकार मदन कृष्णको भिडियो क्लिप भाइरल

IMG-20240524-WA0094.jpg

झापा: अग्रज कलाकार मदनकृष्ण श्रेष्ठले बोलेको एउटा सानो भिडियो क्लिपलाई लिएर अहिले सामाजिक सञ्जाल तातेको छ। मदनकृष्ण श्रेष्ठले भिडियोमा भनेका छन् – “कैलाश सिरोहिया जस्तो व्यक्तिलाई यस्तो पर्‍यो भन्ने सुन्दाखेरी मज्जा लाग्दैन। सञ्चार क्षेत्रमा नमिठो अवस्था आयो । रामायणमा राजनीति के हो भन्दा रामले लक्ष्मणलाई ‘राजनीति भनेको साम, दाम, दण्ड,भेद हो’ भन्नुभएको थियो। तर राजनीतिमा जाँदा त्यो आक्रामक (Aggressive) हुन्छ। त्यो ठीक हुँदैन। राजनीति राजनीति जस्तै हुनुपर्छ।” यो भनाईलाई लिएर केही शुभचिन्तकहरूले यसरी नबोल्नुभएको भए हुन्थ्यो जस्ता प्रतिक्रिया दिइरहेकाछन् भने कसैले गाली पनि गरिरहेका छन्।

About Author

Advertisement