झापा: प्रेमिका भेट्न भन्दै रातारात घरबाट निस्किएका लमजुङका एक युवा १० दिनपछि मर्स्याङ्दी नदी किनारमा मृत भेटिएका छन्। गत मई १०मा राती १० बजेतिर घरबाट बडागाउँमा रहेकी प्रेमिका भेट्न भन्दै घरबाट हिडेका बेंसीशहर नगरपालिका- ६, तल्लो मकैडाँडाका २० वर्षिय हरिराम रिमाल बेंसीशहर- ६, बेलौती बिसौना नजिकै मर्स्याङ्दी नदी किनारमा मई २० सोमबार अपरान्ह साढे ४ बजेतिर मृत भेटिएका हुन्।पुलिसका अनुसार, बडागाउँ जाने बाटो बेलौती विसौनीको झोलुंगे पुल मुखसम्म साथी लिएर गएको र उनले भोलिपल्ट बिहानै फर्किने भनेर साथीलाई फिर्ता पठाएको बताइएको छ। त्यसपछि रिमाल कहींकतै सम्पर्कमा नआए पछि उनका परिवारले खोजि शुरु गर्नुका साथै पुलिसमा समेत निबेदन दिएका पुलिसले जानकारी दिएको छ। जिल्ला पुलिस कार्यालयका डिएसपी मिनबहादुर घलेका अनुसार, रिमालको खोजीमा लागेको पुलिस टोलीले मर्स्याङ्दी नदी किनारस्थित ढुंगाको सहायताबाट शव निकालेर परिवारजनलाई खबर गरेकोमा उनले लगाएको कपडाको आधारमा रिमालको सनाखत गरेका थिए।रिमालको आफन्तले घटना शंकास्पद देखिएकाले छानविनको माग गरेका छन्। पुलिसले अनुसन्धान भइरहेको जनाएको छ।