यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा सफाई कर्मचारी पक्राउ

IMG-20240523-WA0173-copy

जलपाईगढी: एक यात्रुसित दुर्व्यवहार गरेको आरोपमा रेलवे पुलिसले एक सफाई कर्मचारीलाई पक्राउ गरेको छ आरपीएफ स्रोतका अनुसार जलपाईगढी रोड स्टेशनको रेलवे पुलिसले बिहीबार बिहान गुवाहाटी जाँदै गरेको नर्थ ईस्ट एक्सप्रेसको एसी बोगीबाट एक यात्रुको आरोपमा सरसफाइ कर्मचारीलाई पक्राउ गरेको छ। आज बिहान नर्थ ईस्ट एक्सप्रेसको एसी बोगीमा फोहोर भएको बताइएको छ  एक यात्रुले गुनासो गरे, र त्यसपछि इन्जामुल हक नामक सरसफाई कर्मचारीलाई सफा गर्न पठाइयो। उनले एक यात्रुसँग दुर्व्यवहार गर्दै उनको लुगा रेलबाट फ्याँकेको आरोप छ। इन्जामुल असमको रंगिया क्षेत्रका बासिन्दा हुन् भनिएको छl इन्जामुलले आफूमाथि लागेका सबै आरोप अस्वीकार गरेका छन्। आफूले बोगी सफा गरेको उनले बताए। उनले भने, ‘मेरो नाममा झुटा आरोप लगाइएको छ।‘ जलपाईगढी रोड स्टेशनका पुलिस अधिकारी विप्लब दत्तले भने, ‘यात्रुको उजुरीको आधारमा हामीले सफाई कर्मचारी इन्जामुल हकलाई पक्राउ गरेका छौं। उनलाई अदालतमा पठाइनेछl’

-न्यूज एसिया

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement